नियम १४
स्वास्थ्य संस्थाको अनुगमन तथा नियमन
(१) स्वास्थ्य संस्थाले ऐन तथा नियम ११ बमोजिमको सञ्चालनको मापदण्ड बमोजिम स्वास्थ्य संस्था सञ्चालन गरे वा नगरेको वा सेवा प्रदान गरे बा नगरेको सम्बन्धमा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहमध्ये जुन तहबाट इजाजतपत्र दिइएको हो “सोही तहबाट अनुगमन तथा नियमन गर्नु पर्नेछ।

(२) उपनियम (१) बमोजिम अनुगमन तथा नियमन गर्ने प्रयोजनको लागि सम्बन्धित तहले जनस्वास्थ्य निरीक्षक तोक्न सक्नेछ।

(३) उपनियम (२) बमोजिम जनस्वास्थ्य निरीक्षक तोक्दा स्वास्थ्य सेवासँग सम्बन्धित क्षेत्रमा मन्त्रालयले तोके बमोजिमको योग्यता वा अनुभव प्राप्त व्यक्तिहरुमध्येबाट तोक्नु पर्नेछ। (४) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारबाट तोकिएको जनस्वास्थ्य निरीक्षकले प्रदेश वा स्थानीय तहबाट इजाजतपत्र लिएका स्वास्थ्य संस्थाको र प्रदेश सरकारबाट तोकिएको जनस्वास्थ्य निरीक्षकले स्थानीय तहबाट इजाजतपत्र _लिएका स्वास्थ्य संस्थाको समेत अनुगमन गर्न सक्नेछ ।